
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संकमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले थप एक जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन् ।
प्रवक्ता मिश्राले भनिन्, ‘थप ९८ वर्षीय वृद्धमा ओमिक्रोन पुष्टि भएको छ । संक्रमित हाल होम आइसोलेसनमा रहेका छन् ।’ साथै उनले संक्रमित स्वास्थ्य मन्त्रालयको नियमित सम्पर्कमा रहेको समेत जानकारी दिईन् ।
यसअघि नेपालमा दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । उनीहरु हाल निको भइसकेको समेत मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल सात हजार २३३ नमूनाको पीसीआर परीक्षण गर्दा २१७ जना सङ्क्रमित भएका पाइएको छ । चार हजार ४३ जनाको एन्टिजीन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्ला २४ घण्टामा २७२ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । चार हजार ९४८ होम आइसोलेसन र संस्थागत २३७ गरी पाँच हजार १८५ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस