aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप २९३ जनामा कोरोना संक्रमण हुँदा २६३ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ पुस २०७८
थप २९३ जनामा कोरोना संक्रमण हुँदा २६३ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २९३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४१ जना र एन्टिजन परिक्षण गर्दा ५२ जना गरि जम्मा २९३ जना नयाँ संक्रमित थपिएका हुन् ।        

त्यस्तै, पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५८१ रहेको छ ।    

पछिल्लो २४ घण्टामा ११ हजार ६२६ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई लाख ८२ हजार ६४१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस