
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपाल कतारसँग पराजय भएको छ । नेपालले कतारलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ । तर, नेपालको फितलो ब्याटिङका कारण ४ वेकट ४ वल बाँकी छदा नै लक्ष १२४ रनबनाउन सफल भएको छ ।
सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १२२ रन मात्रै बनाएपछि कतारले सामान्य लक्ष्य पाएको हो ।
नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए भने कम्रान खानले २२ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् । फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । अब नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस