
काठमाडौं । पछिल्लो २४ घण्टामा २६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जना नमूना परिक्षणबाट २६० जना नयाँ संक्रमित थपिएका हुन ।
त्यस्तै २४ घण्टामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३४९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । देशभरी सक्रिय संक्रमित पाँच हजार ४८ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस