
एजेन्सी । युनाइटेड अरब इमिरेट्स (युएई)को संस्कृति र पर्यटन विभागले अबु धाबीमा यात्रा गर्नेका लागि ’हरियो सूची’ मा थप अद्यावधिकको घोषणा गरेको छ । यो अपडेट डिसेम्बर २६, २०२१ देखि लागू हुन्छ । अद्यावधिक गरिएको ‘ग्रीन लिस्ट’ गन्तव्यबाट आउने यात्रुहरूलाई अबुधाबीमा अवतरण गरेपछि अनिवार्य क्वारेन्टाइन उपायहरूबाट छुट दिइनेछ ।
यात्रुहरूले नेगेटिभ कोभिड १९ पीसीआर परीक्षणको रिपोर्ट आवश्यक हुनेछ । प्रस्थान गर्नु भन्दा बढीमा ४८ घण्टाको लागि मान्य र अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि पीसीआर परीक्षण गराउनुपर्छ । अद्यावधिक गरिएको ’ग्रीन लिस्ट’बाट खोप लगाइएका यात्रुहरूले ७ दिनमा अर्को पीसीआर परीक्षण गर्न पर्ने छ । ‘ग्रीन लिस्ट’ देशबाट आउने खोप नभएका यात्रुहरूले ६ र ९ दिनमा पीसीआर परीक्षण गर्नुपर्छ ।
‘ग्रीन लिस्ट’ मा परेका देशलाई यात्राका लागि हरियो लिष्ट तयार गरेको छ । अद्यावधिक गरिएको ’हरियो सूची’मा अल्बानिया,आर्मेनिया,अस्ट्रेलिया,अस्ट्रिया,अजरबैजान, बहराइन,बेलारुस,बेल्जियम, बोस्निया र हेर्जेगोभिना रहेका छन् ।
त्यस्तै, ब्राजिल,बुल्गेरिया,बर्मा,कम्बोडिया,क्यानडा, चीन,क्रोएसिया,साइप्रस,चेक गणतन्त्र,डेनमार्क, नल्याण्ड,फ्रान्स,जर्जिया,जर्मनी,ग्रीस,हङकङ, हंगेरी,इन्डोनेसिया, इरान,इराक, इजरायल,इटाली, जापान र जोर्डन रहेका छन् ।
कजाकिस्तान,कुवेत,किर्गिजस्तान,लाओस,लाटभिया, लेबनान,लक्जमबर्ग,मलेसिया,माल्दिभ्स,नेदरल्याण्ड्स, नर्वे,ओमान, पपुवा न्यू गिनी, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, आयरल्याण्ड गणतन्त्र,रोमानिया, रूस, साउदी अरेबिया र सर्बिया रहेको छ ।
त्यस्तै, सिङ्गापुर, स्लोभाकिया, स्लोभेनिया, दक्षिण कोरिया, स्पेन,स्वीडेन, स्विट्जरल्याण्ड,सिरिया, ताइवान, ताजिकिस्तान, थाइल्याण्ड, यमन,टर्की, तुर्कमेनिस्तान ,युक्रेन, युनाइटेड किंगडम, संयुक्तराज्य अमेरिका र उज्वेकिस्तान रहेको छन् ।
प्रतिक्रिया दिनुहोस