
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरस संक्रमणबाट निको भएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं जिल्लाका ६८, ललितपुरका २६ र भक्तपुरका ४ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस