aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप २१९ जनामा कोरोना संक्रमण, ४९०६ सक्रिय संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ पुस २०७८
थप २१९ जनामा कोरोना संक्रमण, ४९०६ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २१९ जना र एन्टिजन परिक्षण गर्दा ६ जना गरि जम्मा २१९ जना नयाँ संक्रमित थपिएका हुन् ।        

त्यस्तै, पछिल्लो २४ घण्टामा २८३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५८५ रहेको छ ।    

पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको कोरोना परिक्षण गरेका थिए भने ७६ हजार ३३० जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस