aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ पुस २०७८
विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुका लागि उपत्यकाका चार वटा अस्पतालमा कोरोना विरुद्धको खोप लगाइने जनाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै चार ठाउँमा विदेश जानेहरुका लागि कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप व्यवस्थापन गरिएको जनाएको छ । 

खोप दिइने अस्पतालहरुमा वीरेन्द्र स्रनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकू रहेका छन् । 

साथै खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिएर जानु पर्ने समेत मन्त्रालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस