
काठमाडौं । नेपालमा ५४ वटा विमानस्थलहरुमध्ये १९ वटा विमानस्थलहरु अझै सञ्चालन हुन सकेका छैनन् । अन्य बाँकी ३५ वटा विमानस्थलहरु सञ्चालनमा छन् । सञ्चालनमा नरहेको विमानस्थलहरु क्रमशः दार्चुला गोकुलेश्वर, ढोरपाटन, डोल्पा मसिनेचौर, जिरी, कमलबजार काङले डाँडा, लाङटाङ, महेन्द्रनगर, मनाङ,मेघालु, पालुङटार,रोल्पा, स्याङबोचे, टिकापुर,गुल्मी, इलाम सुकीलुम्बा, कालीकोट र खिजी चण्डेश्वरी विमानस्थलहरु सञ्चालनमा रहेका छन् ।
हाल सञ्चालनमा रहेका विमानस्थलहरु बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, भैरहवा, नगढी, डोल्पा, डोटी, जनकपुर, जोमसोम, जुम्ला, लामीडाँडा, लुक्ला,मनमाया राइखानी डाँडा, नेपालगन्ज, फप्लु, पोखरा, रामेछाप, राजविराज, रारा, रुकुम, रुकुम मुसीकोट सल्ले, रुम्जाटार, साफेँबजार, सिमरा,सुर्खेत विरेन्द्रनगर, ताप्लेजुङ, थामखर्क, टिया, तुिम्लङटार, बाग्लुङ बलेवा हुन् ।
सञ्चालनमा रहेका विमानस्थलहरुमा ३७ वटा पक्की रहेका छन् । भने चार विमानस्थलहरु पक्की बनाउनका लागि निमार्णाधिन अवस्थामा रहेको छन् । पक्की विमानस्थलहरुमा क्रमशः बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी,भैरहवा, दाङ, धनगढी, डोल्पा, डोटी, इलाम, जनकपुर, जोमसोम, जुम्ला, लुक्ला, लामीडाँडा,मनमाया राई खानी डाँडा, नेपालगन्ज, फाप्लु रहेका छन् ।
पोखरा, रामेछाप, रारा, राजविराज, रुकुम चौघारी, रुकुम मुसीकोट सल्ले, रुम्जाटार, साफेँबजार, सिमरा, सुर्खेत विरेन्द्रनगर, ताप्लेजुङ, थामखर्क,टिया, तुिम्लङटाररहेका छन् । त्यस्तैm डोल्पा कालिकोट, गुल्मी र बलेवा विमानस्थलहरु पिचका लागि निमार्णाधिन अवस्थामा रहेका छन् ।
नेपालमा तीन वटा अन्तराष्ट्रिय स्तरका विमानस्थल निर्माणको चरणमा रहेका छन् । एउटा आन्तरिक विमानस्थल बन्ने प्रक्रियामा रहेको छ । निर्माणको चरणमा रहेको आन्तरिक विमानस्थल अर्घाखाँची अर्घा भगवतीविमान स्थल हो । त्यस्तै , निजगढ, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र गौतम बुद्ध विमानस्थल अन्तराष्ट्रिय विमानस्थल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस