aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अब निजी अस्पतालले पनि खोप लगाउन पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ पुस २०७८
अब निजी अस्पतालले पनि खोप लगाउन पाउने

काठमाडौं । अब निजी अस्पतालहरुले पनि कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै मेडिकल कलेजहरु र ५० बेड क्षमता भनदा बढी भएका निजी अस्पतालहरुले खोप लगाउन सक्ने जनाएको हो । 

सूचनामा भनिएको छ सबै मेडिकल कलेजहरु र ५० बेड क्षमता भन्दा बढी भएका निजी अस्पतालहरुले यदि खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धीत जिल्लाको स्वास्थ्य संस्थाहरुसँग समन्वय गरि १८ वर्ष माथीका नेपाली नागरिकहरुलाई नेपाल सरकारको नियमानुसार कोरोना विरुद्धको खोपहरु उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुकाा ५ बजेसम्म खोप लगाउन आह्वान गरिन्छ ।
 

प्रतिक्रिया दिनुहोस