
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४१ जना र एन्टिजन परिक्षण गर्दा २३ जना गरि जम्मा २६४ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २६० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५८८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई लाख ८३ हजार २६५ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको छ ।
प्रतिक्रिया दिनुहोस