aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतको मुम्बई र दिल्लीमा कोरोना भाइरस अत्याधिक बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ पुस २०७८
भारतको मुम्बई र दिल्लीमा कोरोना भाइरस अत्याधिक बढ्यो

एजेन्सी । भारतको मुम्बई र दिल्लीमा कोरोना भाइरसका नयाँ केसहरू तीव्र गतिमा बढिरहेका छन्। मंगलबार, सोमबारको तुलनामा मुम्बईमा नयाँ केसहरूमा ७० प्रतिशत र दिल्लीमा ५० प्रतिशतले वृद्धि भएको छ।

सोमबार मुम्बईमा १३७७ नयाँ केसहरू फेला परेका थिए ।  दिल्लीमा ३३१ मामिला भेटिएका थिए भने मंगलबार ४९६ नयाँ कोरोना संक्रमित भेटिएका छन्। जुन २ पछि दिल्लीमा एकै दिनमा नयाँ कोरोना संक्रमित भेटिएको यो सबैभन्दा धेरै हो। यस बाहेक राष्ट्रिय राजधानीमा पनि ०.८९ प्रतिशत पोजेटिभ केश भेटिएका छन।

यद्यपि, मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तेस्रो लहरको सामना गर्न पहिलेभन्दा १० गुणा बढी तयार रहेको बताएका छन ।  राज्य सरकारले मंगलबार नयाँ दिशानिर्देशहरू अन्तर्गत दिल्लीमा राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागु हुनेछ । मेट्रो, रेस्टुरेन्ट, बारहरू ५० प्रतिशत क्षमतामा खुल्नेछन्। सिनेमा हल, स्पा, जिम, मल्टिप्लेक्स, बैंक्वेट हल, अडिटोरियम र खेलकुद परिसरहरू तत्काल प्रभावबाट बन्द रहनेछन्।

युरोप र अमेरिकामा कोरोनाको प्रकोपलाई ध्यानमा राख्दै चीनले मंगलबार लकडाउन बढाएको छ । चिनियाँ सरकारले आफ्नो ‘जिरो कोरोना’ रणनीतिलाई ढिला गरिरहेको छैन । सियान सहरमा बढ्दो कोरोना संक्रमितलाई रोक्न सरकारले कडा कदम चालेको छ । जसका कारण सर्वसाधारणलाई खानपानको समस्या हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस