
एजेन्सी । ओमिक्रोन भेरिअन्टका कारण कोभिड महामारीको तेस्रो लहरको त्रासबीच भारतले कोभिडका दुई नयाँ खोपलाई अनुमति दिएको छ। बीबीसीका अनुसार सीरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित कोभोभ्याक्स र बायोलोजिकल ईले बनाएको कोर्बेभ्याक्सलाई आपत्कालीन अवस्थामा नियन्त्रित प्रयोगका लागि अनुमति दिइएको हो।
यीसहित भारतले अहिलेसम्म आठवटा कोभिड खोपलाई अनुमति दिएको छ जसमध्ये तीन भारतमा निर्मित हुन्। नयाँ अनुमति दिइएका खोपहरू बुस्टर मात्राका रूपमा लगाइन्छ कि पुरानै खोप लगाइन्छ भन्ने स्पष्ट छैन।
कोर्बेभ्याक्स अमेरिकी कम्पनी डाइनाभ्याक्स र बेलर कलेज अफ मेडीसीनसँग मिलेर विकास गरिएको हो। कोभोभ्याक्स चाहिँ नोभाभ्याक्सको स्थानीय नाम हो। यो कोभिशील्डको नाममा आस्ट्राजेनेका खोप बनाइरहेको सीरमले उत्पादन गर्छ।
प्रतिक्रिया दिनुहोस