aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बल्ल हवाई इन्धनको मूल्यो घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
बल्ल हवाई इन्धनको मूल्यो घट्यो

काठमाडौं ।  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य  घटाएको छ । निगमले हवाइ इन्धनमा प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको जनाएको छ । 

 उक्त घटाइएको दर आज राति १२ बजेपछि लागू हुने जनाइएको छ । मूल्य घटाएपछि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ । यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो । निगमले आव २०७५/७६ को कार्यक्रमअनुसार हरेक प्रदेशमा एक/एक वटा आफ्नै एलपी ग्यास बोटलिङ प्लान्ट र आधुनिक पेट्रोल पम्प निर्माण गरी सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस