
काठमाडौं । सिभिल बैंकले झापा जिल्लाको भद्रपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रकाश तायलले गरेका थिए ।
उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथिमा सिभिल बैंकका संचालक प्रकाश तायल, बिशिष्ट अतिथिमा प्रदेश नं १ का प्रदेश सभा सदस्य ओम प्रकाश सरावगी, बिशेष अतिथिमा भद्रपुर नगरपालिका मेयर जिवन कुमार श्रेष्ठ, अतिथिमा भद्रपुर नगरपालिका उप मेयर चन्द्र माया श्रेष्ठ, कार्यक्रम सभापतिमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठले भद्रपुर क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने कुरा बताए ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताए ।
प्रतिक्रिया दिनुहोस