aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतमा ओमिक्रोन संक्रमण बढ्दै गएपछि अधिकांश राज्यमा कडा पारिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ पुस २०७८
भारतमा ओमिक्रोन संक्रमण बढ्दै गएपछि अधिकांश राज्यमा कडा पारिदै

एजेन्सी । भारतका ८ राज्यमा बढ्दै गएको कोरोना संक्रमितलाई मध्यनजर गर्दै केन्द्र सरकारले राज्यलाई पत्र लेखेर तत्काल कदम चाल्न आग्रह गरेको छ । केन्द्र सरकारले दिल्ली, महाराष्ट्र सहित ८ राज्यहरूलाई मृत्यु दर कम गर्न आवश्यक कदम चाल्न आग्रह गरेको हो । 

दिल्लीमा लागू भएको जीआरपी मोडललाई देशभर पुर्याउने विचार पनि भइरहेको छ । दिल्ली र मुम्बईमा कोरोना संक्रमितको संख्या निकै तीव्र गतिमा बढेको छ । योसँगै गुडगाँव, चेन्नई, कोलकाता, बैंगलोर र अहमदाबादलगायत धेरै शहरहरूमा संक्रमण बढेको छ ।

हाल ओमिक्रोन संक्रमित दिल्लीमा २६३, महाराष्ट्र २५२ भेटिएका छन् त्यस्तै, बेंगलुरु र अहमदाबादमा पनि द्रुत गतिमा बढिरहेका छन्।  हालसम्म भारतमा ओमिक्रोनको कुल ९७४ संक्रमित भेटिएका छन् । बुधबार १८०  नयाँ ओमिक्रोन संक्रमित पुष्टि भएका थिए ।

पछिल्लो २ दिनमा दिल्लीमा कोरोना दिशानिर्देश उल्लंघन गरेकोमा ८९ लाख जरिवाना असुल गरिएको छ । दिल्ली सरकारका अनुसार राजधानीमा ’एल्लो अलर्ट’ प्रतिबन्ध लागू भएपछि कोविड प्रोटोकलको उल्लङ्घन गरेकोमा ६७ मुद्दा पनि दर्ता गरिएको छन ।

महाराष्ट्रमा बढ्दो कोरोना केसहरूलाई ध्यानमा राख्दै डिसेम्बर ३० देखि पुस ७ गतेसम्म रेष्टुरेन्ट, होटल, बार, पब, रिसोर्ट, क्लबलगायत बन्द वा खुला ठाउँमा नयाँ वर्ष मनाउन र पार्टी गर्न निषेध गरेको छ ।

राजस्थानको मन्त्रिपरिषद्ले ३१ जनवरीपछि सार्वजनिक स्थानमा प्रवेशका लागि खोप अनिवार्य गरेको छ । साथै रात्रि कर्फ्युलाई कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ । मल र अन्य व्यावसायिक प्रतिष्ठानहरू हरेक दिन राति १० बजेसम्म खुला रहन अनुमति दिइनेछ ।

देहरादूनमा प्रवेशका लागि, खोपको डोज वा कोभिड नेगेटिभ रिपोर्ट दुवैको प्रमाणपत्र देखाउन अनिवार्य गरिएको छ ।  पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले केन्द्र सरकारसँग विदेशी उडानमा प्रतिबन्ध लगाउन माग गरेकी छन् । उनले कोलकातामा कोरोनाका बिरामी बढ्दै गएको बताए । झारखण्डमा एकै दिन ३४४ जना कोरोना संक्रमित भेटिएका छन् । यसमा ५ निजी डाक्टर र २ नर्स पनि संक्रमित भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस