aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पछिल्लो २४ घण्टामा २३५ जना नयाँ संक्रमित थपिए, चारको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ पुस २०७८
पछिल्लो २४ घण्टामा २३५ जना नयाँ संक्रमित थपिए, चारको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २३५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२४ जना र एन्टिजन परिक्षण गर्दा ११ जना गरि जम्मा २३५ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ४ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५९४ रहेको छ ।  

पछिल्लो २४ घण्टामा ९ हजार ८४ जनाले कोरोना परिक्षण गरेका थिए भने एक लाख ३९ हजार १५२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस