aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

गुण एयरलाइन्सले शुरु गर्यो काठमाडौँ–सुर्खेत उडान, उडान तालिका सहित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ पुस २०७८
गुण एयरलाइन्सले शुरु गर्यो काठमाडौँ–सुर्खेत उडान, उडान तालिका सहित

काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार ९पुस १८ गते० देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए । 

काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौैँ–सुर्खेतका लागि रु आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने जनाएको छ । 

प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताउनुभयो । बुद्ध एयरले भने दैनिक बिहान ७ः२० बजे काठमाडौँबाट उडान भर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस