aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

टर्किमा सङ्क्रमितको सङ्ख्या १० दिनमा दोब्बर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ पुस २०७८
टर्किमा सङ्क्रमितको सङ्ख्या १० दिनमा दोब्बर

अंकारा । टर्कीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या दश दिनमा दोब्बर भएको छ । महामारी तीव्ररुपमा फैलिन थालेपछि सङ्क्रमितको सङ्ख्या अत्यधिकरुपमा बढेको स्वास्थ्य मन्त्री फर्हेट्टीन कोकाले शुक्रबार जानकारी दिए । 

अस्पतालमा भर्ना हुनेको सङ्ख्या भने ४।६ प्रतिशतका दरले बढेको पनि उनले उल्लेख गरे । गत शुक्रबार टर्कीमा ४० हजार ७८६ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या ९४ लाख ८२ हजार ५५० पुगेको अधिकारीले जानकारी दिएका छन् ।  

त्यसैगरी कोरोनाकै कारण टर्कीमा अहिलेसम्म ८२ हजार ३६१ को मृत्यु भएको छ । तीमध्ये १६३ को पछिल्लो एक दिनमा मृत्यु भएको हो । सोही अवधिमा टर्कीमा २३ हजार ९६८ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

टर्कीमा गत जनवरी १४ देखि मात्रै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको हो । सुरुमा चिनियाँ सिनोभ्याक खोप लगाउनका लागि अनुमती दिइएको थियो । अहिलेसम्म पाँच करोड ७० लाख टर्कीवसीले कम्तीमा एउटा खोप लगाएका छन् । तीमध्ये पाँच करोड १० लाखभन्दा बढीले दुवै खोप लगाएका छन् ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस