
काठमाडौं । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । शनिबार २४ घण्टामा ३८२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९५९ परिक्षण गर्दा ३८२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका हुन ।
शुक्रबार २३५ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका थिए । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख १२ हजार २१० पुगेको छ । कोरोनाका कारण देशमा हालसम्म ११ हजार ५९४ जनाएको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २५२ जना निको भएका छन् । त्यस्तै सक्रिय संक्रमित ४ हजार ९६९ जना रहेका छन् । शनिबार ५ हजार ७ पीसिआर र १५ हजार ९५२ एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । शुक्रबार ४ जना संक्रमितको मृत्यु भएको थियो भने शनिबार भने कोरोना संक्रमितको मृत्य नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस