aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कृषि, पर्यटन र उद्योगमार्फत देशको विकास गर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ पुस २०७८
कृषि, पर्यटन र उद्योगमार्फत देशको विकास गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसी (राजन)ले कृषि, पर्यटन र उद्योगमार्फत मुलुकको विकास गर्नुपर्ने बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ मा रहेको बाघ बछ्ला बहुद्देश्यीय सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले सहकारीको एकीकृत पुँजीलाई कृषि, उद्योगधन्दा र पर्यटनको विकासमा लगानी गर्न सकेमात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताएका हुन् । 

“सहकारीले बजार हेरेर युवालाई रोजगार, उत्पादन र श्रमसँग जोड्नुपर्छ”, उनले भने । नेपाल तरुण दलका ईश्वर लामा , संस्थाका अध्यक्ष तेजबहादुर भुर्तेल, सचिव उद्धव पोखरेल, व्यवस्थापक विमला पोखरेललगायतले न्यून आर्थिक वृद्धिदर भएको मुलुकमा गरिबी न्यूनीकरणका लागि सहकारीले निर्वाह गरेको भूमिकाबारे चर्चा गरे । 

साधारणसभाले संस्थाको अध्यक्षमा भुर्तेललाई पुनः चयन गरेको छ । यसैगरी उपाध्यक्षमा मनोज घिमिरे, सचिवमा उद्धव पोखरेल, कोषाध्यक्षमा श्रीराम कार्की तथा सदस्यहरूमा सुदीप पोखरेल, नारायण कुँवर र मनोजकुमार शर्मा तथा लेखा समितिको संयोजकमा ध्रुवबहादुर कडायत र लेखा सदस्यमा राजेन्द्र कोइराला चयन भएका छन् । 

प्रतिक्रिया दिनुहोस