aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पछिल्लो २४ घण्टामा २१६ जना नयाँ कोरोना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ पुस २०७८
पछिल्लो २४ घण्टामा २१६ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २१३ जना र एन्टिजन परिक्षण गर्दा ३ जना गरि जम्मा २१३ जना नयाँ संक्रमित थपिएका हुन् ।       

त्यस्तै, पछिल्लो २४ घण्टामा २०९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५९६ रहेको छ ।    

पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाले कोरोना परिक्षण गरेका थिए भने एक लाख ३३ हजार ८१२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २ हजार ९७१ रहेको छ ।           

प्रतिक्रिया दिनुहोस