aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना बढेपछि भारतका प्रदेश सरकारले लकडाउन गर्न थाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ पुस २०७८
कोरोना बढेपछि भारतका प्रदेश सरकारले लकडाउन गर्न थाले

एजेन्सी । कोरोना  भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका बढ्दो केसहरूलाई ध्यानमा राख्दै भारतको पश्चिम बंगाल सरकारले प्रतिबन्धको घोषणा गरेका छन् । ५ भन्दा बढी केस भएको अवस्थामा माइक्रो कन्टेनमेन्ट जोन बनाइने उल्लेख गरेको छ । बंगालमा कुल बेड ओकपेन्सी १.५ प्रतिशत छ । 

विद्यालय, कलेज र विश्वविद्यालयका सबै शैक्षिक गतिविधि बन्द रहनेछन् । एक पटकमा ५० प्रतिशत कर्मचारीको साथ प्रशासनिक गतिविधिहरू गर्न अनुमति दिइनेछ । सार्वजनिक क्षेत्र लगायत सबै सरकारी कार्यालयहरु ५० प्रतिशतले सञ्चालन हुनेछन् । स्विमिङ पुल, स्पा, जिम, ब्यूटी पार्लर, सैलुन र वेलनेस सेन्टरहरू बन्द रहनेछन् । सबै मनोरञ्जन पार्क, चिडियाखाना, पर्यटकीय स्थलहरू बन्द रहनेछन् ।

शपिंग मल र बजार कम्प्लेक्सहरूले मानिसहरूको प्रतिबन्धित प्रवेशका साथ काम गर्न सक्छन् । रेस्टुरेन्ट र बारहरू ५० प्रतिशत क्षमतामा एकै पटक र राति १० बजेसम्म मात्र सञ्चालन गर्न सक्छन् ।

सिनेमा हल र थिएटर हलहरू एक पटकमा ५० प्रतिशत सिट क्षमतामा सञ्चालन गर्न सकिन्छ । एक पटकमा २०० जना सम्मको बैठक र सम्मेलनलाई अनुमति दिइनेछ । कुनै पनि सामाजिक, धार्मिक र सांस्कृतिक कार्यक्रममा एक पटकमा ५० जनाभन्दा बढीलाई अनुमति दिइने छैन ।

विवाह सम्बन्धी समारोहमा ५० जनाभन्दा बढीलाई अनुमति दिइने छैन । अन्तिम संस्कारका लागि २० भन्दा बढी व्यक्तिलाई अनुमति दिइने छैन ।  ५० प्रतिशत सिट क्षमता भएका लोकल ट्रेनहरू साँझ ७ बजेसम्म मात्र चल्नेछन् ।  मेट्रो सेवाहरू सामान्य सञ्चालन समय अनुसार ५० प्रतिशत सिट क्षमतामा सञ्चालन हुनेछन् । यसबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म मानिस र सवारी साधनको आवतजावत र कुनै पनि प्रकारका सार्वजनिक जमघटमा रोक लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस