aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

२०२२ कोरोनाको अन्तिम वर्ष हुनसक्छः डब्लुएचओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ पुस २०७८
२०२२ कोरोनाको अन्तिम वर्ष हुनसक्छः डब्लुएचओ

एजेन्सी । ओमिक्रोनको तीव्र गतिमा बढ्दो केसका बीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा टेड्रस अधानोमले सन् २०२२ कोरोना महामारीको अन्तिम वर्ष हुनसक्ने बताएका छन् । यसका लागि विकसित देशहरूले आफ्नो भ्याक्सिन अन्य देशलाई व्यापक रुपमा वितरण गर्न पर्ने बताएका छन् । उनले कोरोना भाइरस तेस्रो वर्षमा प्रवेश गरेको भन्दै यस्तो दावी गरेका हुन ।

डब्ल्यूएचओका निर्देशक सन् २०२२ मा कोरोना महामारी अन्त्य हुनेमा ढुक्क छन् । तर संकीर्ण राष्ट्रवाद र खोप जम्मा गर्नेहरू बाधक बन्न सक्ने विषयमा उनले सचेत रहन भनेको छन् । टेड्रसले भने,‘भ्याक्सिनको असमानताले ओमिक्रोन जस्तो प्रकारको फस्टाउनको लागि आदर्श अवस्था सिर्जना गरेको छ ।’ 

खोप लगाउनमा जति असमानता हुन्छ, भाइरसको विकासको जोखिम त्यति नै बढी हुन्छ उनले भने । पछिल्लो तथ्याङ्कले संसारका धेरै देशहरू अहिले पनि खोप लगाउने विषयमा पछाडि परेको देखाउँछ । बुरुन्डी, प्रजातान्त्रिक गणतन्त्र कंगो, चाड र हाइटी जस्ता देशहरूले जनसंख्याको  १ प्रतिशतभन्दा कम खोप लगाएका छन् । 

 जबकि उच्च आय भएका देशहरूमा यो संख्या ७० प्रतिशतभन्दा बढीले खोप लगाएको अनुमान गरिएको छ । यस असमानताको स्थितिलाई समाधान गर्यौ भने मात्र सामान्य जीवनमा फर्किने कल्पना गर्न सक्ने डा.टेड्रसले बताए ।
 

प्रतिक्रिया दिनुहोस