aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मेस्सी कोरोना भाइरसबाट संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ पुस २०७८
मेस्सी कोरोना भाइरसबाट संक्रमित

एजेन्सी । विश्वका महान् फुटबलर मध्येका एक लियोनल मेस्सी कोरोना भाइरसबाट संक्रमित भएका छन् । मेस्सी फ्रेन्च फुटबल लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबबाट खेलिरहेका छन् । ३४ वर्षीय मेस्सी र क्लबका अन्य ३ खेलाडीको कोभिड–१९ रिपोर्ट आइतबार पोजेटिभ आएको हो । क्लबले यसको पुष्टि गरेको छ ।

पीएसजीका प्रवक्ताले मेस्सी बाहेक डिफेन्डर जुआन बर्नेट, ब्याकअप गोलकिपर सर्जियो रिको र मिडफिल्डर नाथन बिटुमाजालाको कोभिड–१९ परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए । चार खेलाडीलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । 

स्पेनिस लिग क्लब बार्सिलोनासँगको १५ वर्षको सम्बन्ध छोडेर मेस्सी यसै वर्ष अगस्टमा पीएसजी आएका थिए । मेस्सीले क्लबका लागि अहिलेसम्म १६ खेलमा ६ गोल गरेका छन् । मेस्सीको उत्कृष्ट खेलका कारण पीएसजी हाल १९ खेलबाट ४६ अंकसहित लिग १ मा शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस