
एजेन्सी । नोकियाको अपरेटिङ सिस्टमपछि अब ब्ल्याकबेरीको ओएस पनि समाप्त हुन लागेको छ । कम्पनीले जनवरी ४ देखि ब्ल्याकबेरी अपरेटिङ सिस्टमलाई सपोर्ट गर्न बन्द गर्ने जनाएको छ । ब्ल्याकबेरी ओएस समर्थन गर्ने ब्ल्याकबेरी स्मार्टफोन छ भने त्यसले काम गर्न छोड्न सूचना जारी गरेको छ । ब्ल्याकबेरी भन्दा पहिले नोकियाको सिम्बियन ओएस पनि यसैगरी बन्द गरेको थियो ।
ब्ल्याकबेरीले वर्षौं पहिले क्यूडब्लूआरटी कीप्याड–ब्ल्याकबेरी ओएस फोनहरू बनाउन बन्द गर्यो। यस्तो अवस्थामा अब कम्पनीले क्लासिक ब्ल्याकबेरी ओएस र ब्ल्याकबेरी १० संचालित स्मार्टफोनको सपोर्ट बन्द गर्न लागेको छ । कम्पनीले आफ्नो सफ्टवेयरमा चल्ने फोन प्रयोग गरिरहेका ग्राहकहरुलाई सचेत गराएको छ ।
ब्ल्याकबेरी ७.१ ओएस र त्यसभन्दा अघिका, ब्ल्याकबेरी १० सफ्टवेयर, ब्ल्याकबेरी प्लेबुक ओएस २.१ र यसअघिका संस्करणहरू जनवरी ४, २०२२ पछि उपलब्ध नहुने कम्पनीले एक सूचनामा जनाएको छ ।
फेब्रुअरी २०२० मा, टीसीएलले अब ब्ल्याकबेरी फोन उत्पादन नगर्ने घोषणा गर्यो। कम्पनीको अन्तिम फोन ब्ल्याकबेरील केइवाइ २ एलइ थियो । २०२० मा टेक्सास–आधारित स्टार्टअप अनवर्ड मोबिलिटीले २०२१ मा छन् ब्ल्याकबेरी फोन लन्च गर्ने टिजर जारी ग¥यो।
ब्ल्याकबेरीले गरेको अलर्टका अनुसार केही दिनपछि यी फोनहरूमा सेलुलर र वाइफाइ कनेक्टिभिटी जस्ता सेवाहरू बन्द हुनेछन् । ब्ल्याकबेरी फोनहरूमा कलहरू, सेलुलर डेटा, एसएमएस र आपतकालीन कलहरू जस्ता सेवाहरूले काम गर्न बन्द गर्न सक्छन् । यो परिवर्तनले एन्ड्रोइड चलाउने ब्ल्याकबेरी स्मार्टफोनहरूलाई असर गर्दैन । ब्ल्याकबेरी स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्ताहरूले फोनको डाटा ब्याकअप गर्नु पर्ने सूचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस