aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना भाइरस खाडी मुलुकमा पनि तिव्र रुपमा बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ पुस २०७८
कोरोना भाइरस खाडी मुलुकमा पनि तिव्र रुपमा बढ्दै

एजेन्सी । खाडी मुलुकमा सबै कडाईका बाबजुद पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । साउदी अरबमा २४ घण्टामा एक हजारभन्दा बढी संक्रमित भेटिएका छन् । अर्कोतर्फ युएईमा साढे दुई हजार नजिक पुगेको छन । 

साउदी अरबमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले आइतबार उच्चस्तरीय बैठक बोलाएको छ । यसमा केही निर्णय पनि भएका छन् । अगस्ट पछि पहिलो पटक एक दिनमा भेटिएका केसहरूको संख्या एक हजार नाघेको छ । युएइमा यो संख्या २४ घण्टामा साढे दुई हजारको हाराहारीमा छ । यद्यपि, यी ओमिक्रोन भेरियन्टका कति केसहरू छन् भनेर दुई देशहरूले अझै स्पष्ट गरेका छैनन् । 

उता, फ्रान्स सरकारले देशका बार र रेष्टुरेन्टहरूलाई भ्याक्सिन पास र सर्टिफिकेटमा कडाइ गरिने स्पष्ट गरेको छ । कतिपयले अन्य व्यक्तिबाट वा सर्टिफिकेट देखाएर इन्ट्री लिने गरेको रिपोर्टमा भनिएको छ । त्यसैले अब यस्ता व्यक्तिलाई कडा कारबाही गरिने छ । यसका साथै खोप नपाएकालाई जरिवाना गर्ने तयारी पनि भइरहेको छ । यसका लागि सरकारले विधेयक तयार गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस