aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना महामारीमा नै थपिए पाँच क्यासिनो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ पुस २०७८
कोरोना महामारीमा नै थपिए पाँच क्यासिनो

काठमाडौं । कोरोना महामारीपछि थप पाँच वटा क्यासिनो दर्ता भएका छन् । महामारीपछि मिनि क्यासिनोका नाममा दर्ता भएका क्यासिनोहरुमा निर्भाना लक्जरी इन्टरटेनमेन्ट प्रालि, भेगास रिक्रियसन नेपाल प्रालि, बेलिज इन्टरटेन्मेन्ट प्रालि, भेन्यु रिक्रियसन प्रालि र सिद्धार्थ गेमिङजोन प्रालि (क्यासिनो प्याराडाइज) रहेका छन् । 

नयाँ थपिएका मिनि क्यासिनोहरु दुई वटा भैरहवामा रहेका छन् । बाँकेमा दुईवटा मिनि क्यासिनोहरु सञ्चालनमा आएका छन् । त्यस्तै झापामा एउटा क्यासिनो सञ्चालनमा आएका पर्यटन महाशाखा प्रवक्ता मोहनबहादुर जीसीले बताए । भैरहवामा खुलेका मिनि क्यासिनोहरुमा निर्भाना लक्जरी इन्टरटेनमेन्ट प्रालि र सिद्धार्थ गेमिङजोन प्रालि (क्यासिनो प्याराडाइज) रहेका छन् । 

भेगास रिक्रियसन नेपाल प्रालि क्यासिनो झापामा खुलेको हो । त्यस्तै भैरहवाको होटल नान्समा मिनि क्यासिनो सिद्धार्थ गेमिङजोन सञ्चालनमा रहेको छ । पर्यटन विभागको तथ्याङक अनुसार हाल नेपालमा क्यासिनो र मिनि क्यासिनो गरी २० वटा क्यासिनो सञ्चालनमा रहेका छन् । जसमध्ये पाँच वटा क्यासिनो भने नविकरण बिना नै चलिरहेका छन् । नविकरण नभइ सञ्चालनमा रहेका क्यासिनोहरुमा ¥याडिसन होटलमा रहेको ¥याड भेनस रिक्रिसन, याक एण्ड यतिमा रहेको क्यासिनो रोयल, धनगढीको होटल साथीमा रहेको रक इन्टरनेशनल प्रालि, होटल स्वीटड्रीम महेन्द्र नगरमा सञ्चालनमा रहेको ह्याप्पी आवर प्रालि, होटल ओपेरा महेन्द्र नगरमा सञ्चालनमा रहेको सेन्ट्रल मिडिया ग्रुप (सी.एम.जी. क्लब) रहेका छन् ।

विभागका अनुसार सञ्चालनमा रहेका क्यासिनोहरुमा एच.एस.एल.म्यानेजमेन्ट सर्भिसेज (के.टी.एम) होटल सांग्रिला, लाजिम्पाटमा रहेको छ । क्यासिनो टाइगर प्यालेस (एच.एस.एल.म्यानेजमेन्ट सर्भिसेज (के.टी.एम), होटल टाइगर वन भैरहवा रुपन्देहीमा रहेको छ भने क्यासिनो माजोङग, सोल्टी होटल ताहाचल काठमाडौंमा रहेको छ । 

त्यस्तै, क्यासिनो तारागाँउ रिजेन्सी होटल होटल हायातबौद्धको प्राइड नेपाल, होटल डेला अन्नपुर्णमा सञ्चालनमा रहेको क्यासिनो एटलान्टिक रिक्रियसन, दरबारमार्गमा, मल्ल होटल लैनचौरमा रहेको क्यासिनो बेल्लीज नेपाल र बाँकेको सोल्टी होटलका क्यासिनो इम्पेरियल इन्टरटेन्टमेन्ट सोल्टि सञ्चालित छन् । 

त्यसैगरी, भेगस रिक्रियसन नेपाल प्रालि भेगस सिटी इन्टरटेन्टमेन्ट होटल मेचीक्राउन धुलाबारी झापामा रहेकाछन् । त्यसैगरी, नेपालमा मिनि क्यासिनोहरु ९ वटा सञ्चालननमा रहेका छन् । सञ्चालननमा  रहेका मिनि क्यासिनोहरुमा ज्याकपोट ग्यामिङ सेन्टर भ्यु होटल सिद्धार्थ नेपालगञ्ज बाँकेमा, स्माइलकलेक्शन (फोरक्वीनक्यासिनो) इच्छा होटल सिमरामा, रक इन्टरनेशनल (क्यासिनो रक ) प्रालि  होटल साथी धनगढीमा, होटल सुरज विरगञ्ज होटल बोधी रेडसन भैरहवा र होटल रियाज काँकडभित्तामा रहेका छन् ।

त्यस्तै, ह्याप्पी आवर प्राली (क्यासिनो ह्याप्पीआवर) होटल स्वीटड्रीम महेन्द्रनगरमा, होटल लाकौल भैरहवा, नेपालगञ्जमा र होटल ढाका काँकडभित्तामा सेन्ट्रल मिडिया ग्रुप (सी.एम.जी. क्लब) होटल ओपेरा महेन्द्रनगर, होटल भिसुवा वीरगञ्ज र होटल रत्ना विराटनगर होटल प्लाटिनम काठमाडौंमा सञ्चालित छन् । 

निर्भाना लक्जरी इन्टरटेनमेन्ट प्रालि लक्जरी इन्टरनेशनल परिसर (होटल निर्वाण) सिद्धार्थनगर भैरहवामा, भेगस रिक्रियसन नेपाल प्रालि भेगस सिटी इन्टरटेन्मेन्ट (होटल मेचीक्राउन धरलाबारी झापा, बेलिज इन्टरटेन्मेन्ट प्रालि होटल स्नेह प्रालि परिसर नेपालगञ्ज आदर्शनगर बाँकेमा, भेन्यु रिक्रियसन प्रालि होटल स्टारलाइट नीलदेवीमा  र सिद्धार्थ गेमिङजोन प्रालि (क्यासिनो प्याराडाइज)होटल नान्स परिसर, सिद्धार्थनगर देवकोटा चोक भैरहवामा रहेका छन् । नवीकरण नभएका क्यासिनोहरु सर्वोच्च अदातलको अन्तरिम आदेशबाट सञ्चालित छन । भने संवैधानिक इजलासमा पेश भएका मुद्दाहरु भने अझै फैसलाहुन बाँकी रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस