aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बढे कोरोना संक्रमित, आजमात्रै ३२६ जनामा संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ पुस २०७८
बढे कोरोना संक्रमित, आजमात्रै ३२६ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २९१ जना र एन्टिजन परिक्षण गर्दा ३५ जना गरि जम्मा ३२६ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार २१६ जनामा कोरोना संक्रमण भएको थियो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २५५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५९८ रहेको छ ।        

पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाले कोरोना परिक्षण गरेका थिए भने तीन लाख ४४ हजार ४४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ५ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस