aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आजदेखि अतिरिक्त खोप लगाईदै, कस–कसले पाउँछन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
आजदेखि अतिरिक्त खोप लगाईदै, कस–कसले पाउँछन् ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज मंगलबारदेखि कोभिड–१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिने जनाएको छ । भेरोसेलको पूर्ण मात्रा लगाएको तीन महिना पुगेका ६० वर्षमाथिका नागरिक र दीर्घरोगीलाई अतिरिक्त खोप दिन लागिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका दीर्घरोगीलाई अतिरिक्त खोप दिइने भएको छ । यो बुष्टरडोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुलाई दिईने थप एक अतिरिक्त मात्रा हो । आजदेखि खोप केन्द्रबाट खोप दिन सुरू गरिने छ । 

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले अतिरिक्त खोप पाउने छन् । अतिरिक्त मात्रा खोप लगाउन पुरानो खोप कार्ड लिएर खोप केन्द्रमा जानुपर्ने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस