aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री केजरीवालले मंगलबार बिहान ट्विटमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले आफूलाई सामान्य लक्षण देखिएको र घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिएका छन् । उनले पछिल्ला दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई पनि आइसोलेसनमा बस्न र कोभिड परीक्षण गराउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री केजरीवाल पन्जाब, उत्तर प्रदेश र उत्तराखण्डमा हुन गइरहेको विधानसभा चुनावको प्रचारप्रसार कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस