aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ओमिक्रोन भाइरस विश्वभरी फैलने क्रम तिव्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
ओमिक्रोन भाइरस विश्वभरी फैलने क्रम तिव्र

एजेन्सी । भारतमा ओमिक्रोनको एक महिनामा १७०० भन्दा बढी पुगेको छन । जसका कारण एक हप्तामा देशमा कोरोना संक्रमणको दर झण्डै तीन गुणाले बढेको छ । यो छिटो फैलिरहेको छ । तर यो संग संक्रमित व्यक्तिहरु कम गम्भीर लक्षणहरु देखिएका छन् । 

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले ५,२८,१७६ ओमिक्रोन र ५,७३,०१२ डेल्टा केसहरूको विश्लेषण गरेको छ । यसले डेल्टाको तुलनामा ओमिक्रोनका एक तिहाइ मात्रै अस्पतालमा भर्ना हुनुपरेको खुलासा भएको छ ।  ओमिक्रोनमा खोपको प्रभावबारे एजेन्सीले भ्याक्सिनको २–३ डोज लिएपछि अस्पताल भर्ना हुनेमा ८१ प्रतिशत कमी आएको बताएको थियो । साथै, ओमिक्रोनका कारण भेन्टिलेटरका बिरामीको संख्या पनि डेल्टाको तुलनामा कम छन ।

अमेरिकामा चिन्ताजनक कुरा के छ भने यहाँ बालबालिकामा अस्पताल भर्ना हुने दर उच्च छ । डिसेम्बर २९ सम्म, ०–१७ उमेर समूहका ३७९ बालबालिकालाई अस्पतालमा भर्ना गर्नुपरेको थियो । यो अघिल्लो हप्ताको तुलनामा ६६ प्रतिशत बढी हो । 

नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी) ले दक्षिण अफ्रिकामा अप्रिलदेखि नोभेम्बरसम्म फेला परेका डेल्टा र ओमिक्रोन केसहरू घोषणा गरेको थियो । यसका अनुसार ओमिक्रोनका कारण अस्पताल भर्ना भएका व्यक्तिमा गम्भीर लक्षण देखा पर्ने जोखिम डेल्टाको तुलनामा ३० प्रतिशतसम्म कम हुन्छ ।

एक राम्रो र एक नराम्रो कुरा छ । राम्रो कुरा यो हो कि यसबाट संक्रमित धेरैजसो बिरामीहरूमा गम्भीर लक्षणहरू छैनन् । नराम्रो कुरा यो हो कि इmष्अचयल डेल्टा भन्दा ४–५ गुणा छिटो फैलिरहेको छ । ओमिक्रोनलाई डेल्टासँग तुलना गर्नुहुन्छ भने तेस्रो लहरको शिखरमा एक दिनमा १६–२० लाख नयाँ केसहरू आउन सक्छन् । बिरामीमा गम्भीर लक्षणहरू कम भए पनि धेरै बिरामीको संख्या पनि आफैंमा चिन्ताको विषय हो । जसरी बिरामीको संख्या बढ्दै जान्छ, त्यही अनुपातमा गम्भीर बिरामी पनि बढ्दै जानेछन् ।
 

प्रतिक्रिया दिनुहोस