aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी वैद्यलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी वैद्यलाई

 काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएपनि प्रक्रिया सम्पन्न भइनसकेका निमित्त नायव प्रवन्ध निर्देशकमा वैद्यलाई नियुक्त गरेको हो । 

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुष १८ गतेको पत्रानुसार कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई मन्त्रालयको (सचिवस्तरको) निर्णयानुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ । उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन । 

प्रतिक्रिया दिनुहोस