aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकमा ओमिक्रोन संक्रमण खतरनाक रुपमा बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
अमेरिकमा ओमिक्रोन संक्रमण खतरनाक रुपमा बढ्दै

एजेन्सी । ओमिक्रोनको खतरनाक संक्रमणको प्रभाव अमेरिकामा देखिएको छ ।  हालसम्मको कोरोनाको संक्रमित तीन गुणा बढी केस दर्ता भइरहेका छन् । सोमबार मात्रै अमेरिकामा १० लाख कोरोना संक्रमित भेटिएका छन् ।

जोन हप्किन्स युनिभर्सिटीले सोमबार साँझ ७.३० बजे तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार आइतबारको तुलनामा सोमबार १०.४२ लाख बढी केस दर्ता भएका छन् । मंगलबार, राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले भविष्यको कार्यदिशा तय गर्न ह्वाइट हाउसको कोरोनाभाइरस प्रतिक्रिया टोलीसँग भेट्ने कार्यक्रम छ ।
 

प्रतिक्रिया दिनुहोस