aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

थप ३९३ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० पुस २०७८
थप ३९३ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३९३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३५५ जना र एन्टिजन परिक्षण गर्दा ३८ जना गरि जम्मा ३९३ जना नयाँ संक्रमित थपिएका हुन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या तीन रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६०१ रहेको छ ।  

पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाले कोरोना परिक्षण गरेका थिए भने तीन लाख १६ हजार ७७४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस