_20210202180454.jpg)
काठमाडौं । कोरोना महामारी पनि स्टार होटल थपिएका छन् । पर्यटन विभागको तथाङक अनुसार महामारीमा २१ वटा स्टार होटलहरु थपिएका हुन् थपिएका स्टार होटलहरुमा पाँचतारा डिलक्स एउटा, पाँचतारा होटल २ वटा, चार तारा होटल ११ वटा, तीन तारा होटल ३ वटा र दुइतारा होटल ४ वटा हुन् ।
नयाँ खुलेका पाँचतारे होटलमा होटल द किङग्सबरी र सिटी होटल लिमिटेड रहेका छन् । होटल द किङग्सबरी होटल द किङग्सबरी विर्चामोड झापामा रहेको छ । यो होटल कोरोना महामारीकै समयमा असोजमा खुलेको हो । यस होटलको कूल पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।
सिटी होटल लिमिटेड कोरोना महामारीकै समयमा खुलेको अर्को होटल सिटी होटल लिमिटेड हो । मंसिरमा खुलेको यस होटलको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यो होटल ताहाचल काठमाडौंमा रहेको छ ।
नेपालमा सबैभन्दा राम्रो र सुविधा सम्पन्न पाँचतारे होटलको सूचीमा रहेको सोल्टी होटल हो । नेपालमा आउने ठूला भीभीआईपी पहुनाहरू बस्नको लागि बढी प्रयोग हुने उक्त होटलमा विश्वमा पाइने सबै प्रकारका सेवा सुविधा छन् । सोल्टी होटलको कुल पूँजी ७३ करोड २७ लाख रहेको छ । २८२ कोठा भएको उक्त होटलमा ४१७ वटा बेड रहेका छन् । होटलको नवीकरण पछिल्लो पटक २०७१ जेठ १९ गते गरिएको थियो ।
होटल द फूलबारी होटल द फूलबारी पोखरामा रहेको छ । यस होटलको कूल पुँजी ७९ करोड रहेको छ । यस होटलको लामो समयदेखि बन्द रहेकोले यसको नवीकरण गरिएको छैन ।
काठमाडौंको बौद्धमा अवस्थित होटल तारागाउँ रिजेन्सी पाँच तारे होटलमध्ये एक हो । यस होटलको कूल पुँजी एक अर्ब ८८ करोड ६६ लाख रहेको छ । यसको २०७० भदौ ३० गते पछिल्लो नवीकरण गरीएको छ । होटल नवीकरण ५/५ वर्षमा गर्नु पर्ने भएपनि यसको नवीकरण म्याद सकिसकेको छ ।
काठमाडौंको दरबारमार्गमा अवस्थित होटल याक एण्ड यति चर्चित पाँच तारे होटलमध्ये एक हो । राजधानीको मुटुमा अवस्थित सबै सेवा सुविधा सम्पन्न उक्त होटल पर्यटकले सधै भरिभराउ हुनुका साथै विभिन्न कार्यक्रम पनि हुने गर्दछ । उक्त होटलको २०७० चैत २२ गते पछिल्लो नवीकरण गरीएको थियो ।
काठमाडौंको लाजिम्पाटमा रहेको साग्रिला होटल पाँच तारे सुविधा सम्पन्न अर्को होटल हो । उक्त होटलको कुल पूँजी ६० करोड ७२ लाख रहेको छ । यस होटलको २०७३ कात्तिक २७ गते पछिल्लो नवीकरण गरिएको छ ।
काठमाडौंको लाजिम्पाटमा रहेको साग्रिला होटल पाँच तारे सुविधा सम्पन्न अर्को होटल हो । उक्त होटलको कुल पूँजी १८ करोड रहेको छ । यस होटलमा १ सय वटा कोठा रहेका छन् भने १ सय ६८ वटा बेड रहेका छन् । २०७२ असार ०८ गते पछिल्लो नवीकरण गरिएको छ ।
द मल्ल होटल प्रालि काठमाडौंमा रहेको छ । यसको कुल पुँजी ५० करोड रहेको छ । यसको नवीकरण पछिल्लो पटक २०७६ भदौ १९ गते गरिएको छ । पोखरामा रहेको पोखरा ग्राण्ड होटल एक चर्चित पाँच तारे होटल हो । यसको कुल पुँजी २६ करोड रहेको छ । यसको पछिल्लो पटक २०७६ साउन २ मा नवीकरण गरिएको थियो ।
लाजिम्पाट स्थित र्याडिशन होटल रहेको छ । सबै सेवा सुविधा सम्पन्न रहेको उक्त होटल पर्यटकको रोजाइको होटल हो । उक्त होटलमा २ सय ६० वटा कोठा रहेका छन् । यसको कूल पुँजी ९३ करोड ४२ रहेको छ । यसको पछिल्लो पटक नवीकरण गरिएका छैन । द होटल एभरेष्टपाँच तारे होटलहरु मध्ये एक हो, द होटल एभरेष्ट इन्टरनेशनल लिमिटेड । यो काठमाडौंको नयाँ बानेश्वरमा रहेको छ ।
टाइगरवान होटल कोटिहवा रुपन्देहीमा रहेको छ । रुपन्देहीमा रहेको यो एक मात्र पाँच तारे होटर हो । उक्त होटलमा १ सयभन्दा बढी कोठा संख्या रहेका छन् । यसको कुल पुँजी २० करोड रहेको छ । यसको पनि पछिल्लो समय नवीकरण गरिएको छैन ।
सोल्टी शिवक्रिम होटल तथा रिसोर्टस नेपालगन्ज १९, बाँके मा रहेको छ । यो नेपालगञ्जको सोल्टी हस्पिटालिटी समेत रहेको एक मात्र पाँचतारे होटल हो । उक्त होटलको कुल पूँजी २ अर्ब रहेको छ । ८० वटा कोठा रहेको उक्त होटलमा ९९ वटा बेड रहेका छन् । यसको पछिल्लो पटक नवीकरण गरिएको छैन । होटल सेन्ट्रल प्लाजा कोहलपुरमा रहेको छ । उक्त होटलको कुल पूँजी ६० करोड रहेको छ । यस होटलमा ८० वटा कोठा र ९९ वटा बेड रहेका छन् ।
नक्सालमा रहेको होटल एभरेष्ट हस्पिटालिटी एण्ड होटल. (होटल मेरियट काठमाडौं) पाँच तारे होटल हो । उक्त होटलको कुल पूँजी २ अर्ब ६६ करोड ६० लाख रहेको छ । होटल मेरियटमा २ सय १४ कोठा र ३ सय ४४ वटा बेड रहेका छन् । होटल पछिल्लो समय सञ्चालनमा आएको हो । होटलको नवीकरण गर्ने समय नै भएको छैन ।
छायाँदेबी कम्प्लेक्स ठमेलमा रहेको छ । होटल अलफ्टको कुल पूँजी ५ अर्ब रहेको छ । यस कम्प्लेक्समा १ सय ६७ वटा कोठामा २ सय १६ वटा बेडहरू रहेका छन् । यसको पछिल्लो पटक नवीकरण गरिएको छैन ।
होटल मेची क्राउन झापाको मेचीनगरमा रहेको छ । सुविधा सम्पन्न अन्नपूर्ण होटलको कुल पूँजी एक अर्ब ५० करोड रहेको छ । यसको पछिल्लो पटक नवीकरण गरिएको छैन । हाल नेपालमा कोरोना महामारीमा थपिएका होटल सहित १५५ वटा होटलहरु सञ्चालनमा रहेका छन् । जसमा एउटा पाँचतारा डिलक्स होटल रहेको छ । भने १७ वटा पाँचतारे होटल, २४ वटा चारतारे होटल ३६ वटा तीन तारे होटल, ४३ वटा तीन तारा होटल र ३४ वटा एक तारे होटल रहेका छन् ।
नयाँ खुलेको पाँचतारा डिलक्स होटल झापा मेची क्राउनमा सञ्चालनमा रहेको छ । सञ्चालनमा रहेका १७ वटा पाँचतारे होटलहरुमध्ये तीन वटा होटलहरु भने नवीकरण नगरी सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस