aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

काठमाडौं । ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । पारस खड्काको अनुपस्थितिमा कप्तान बनेका ज्ञानेन्द्र मल्लले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाएपछि जितको बलियो जग निर्माण भएको थियो । नेपालले ८ ओभरमा ३ विकेटको क्षतिमा ८६ रन बनाएर छनोटमा पहिलो जित हासिल गरेको हो ।

 

यसअघि मलेसियाले पहिलो ब्याटिङ गर्दै नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित नेपाल र मलेसियाबीचको खेल ९-९ ओभरमा छोट्याइएको थियो । मंगलबार कतारसँग ४ विकेटले पराजित भएको नेपाललाई यो खेल जित्न निकै दबाब छ ।

नेपालका लागि सोमपाल कामीले २ ओभर गरेर ३ विकेट लिन सफल भएपनि उनी निकै महंगा सावित भएका थिए । यस्तै बसन्त रेग्मीले पनि १ ओभर बलिङ गरेर २ विकेट लिएका थिए । नेपालका कुनै पनि बलरले कशिलो बलिङ भने गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस