
काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन । आज बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले जानकारी दिए ।
मन्त्रालयका सचिव डा दामोदर रेग्मीको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारिस समिति गठनको सिफरिसमा बस्नेतलाई नियुक्त गरिएको हो । सरकारले २०७२ सालमा राष्ट्रिय युवा ऐनमार्फत युवाको क्षेत्रमा काम गर्नका लागि परिषद् गठन गरेको हो । परिषद्ले अहिले युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । यसअघि परिषद्को कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल रहेका थिए ।
झापा दमक स्थायी घर भएका बस्नेतले पत्रकारिता र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर गरेका बस्नेतले अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष, सचिव र प्रवक्ता जिम्मेवारी सम्हालिसकेका छन ।
राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालकालागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरीएको हो । उपाध्यक्ष पदमा नियुक्तीका लागि १२ जनाले आवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस