aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लेक लागेर विदेशी पर्यटकको मृत्यु

  • रासस
    रासस
  • मंगलबार, १० बैशाख २०७६
लेक लागेर विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु  ।  खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको आज मृत्यु भएको छ । म्बुपासाङल्हामु गाउँपालिका–४ फेरुचेमा लेक लागेर अस्ट्रेलियन नागरिक फिलिप मार्गजको ज्यान गएको हो । 

नेपाल टे«ड कम्पनीमार्फत लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । 

घटनास्थलबाट शवलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि काठमाडाँै पठाइने प्रहरीले जनाएको छ । यही वैशाख ७ गते मात्र सोही क्षेत्रको भ्रमणमा आएका ३६ वर्षीय अमेरिकन नागरिक किस्टोफर बेन्डनको फाक्दिङमा लडेर मृत्यु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस