aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फेरि बढ्न थाले कोरोना संक्रमित, पछिल्लो २४ घण्टामै थपिए ९६८ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ पुस २०७८
फेरि बढ्न थाले कोरोना संक्रमित, पछिल्लो २४ घण्टामै थपिए ९६८ जना

काठमाडौं । कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५७२ जना र एन्टिजन परिक्षण गदा ३९६ जना गरि जम्मा ३९३ जना नयाँ संक्रमित थपिएका हुन् । बिहिबार ५४० जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २६२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६०२ रहेको छ ।                

पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाले कोरोना परिक्षण गरेका थिए भने दुई लाख ६३ हजार ३७१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस