aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फेरि बढ्न थाले कोरोना संक्रमित, पछिल्लो २४ घण्टामै थपिए ११६७ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ पुस २०७८
फेरि बढ्न थाले कोरोना संक्रमित, पछिल्लो २४ घण्टामै थपिए ११६७ जना

काठमाडौं । पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा ११६७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८४१ जना र एन्टिजन परिक्षण गदा ३२६ जना गरि जम्मा ११६७ जना नयाँ संक्रमित थपिएका हुन् । बिहिबार ५४० जना नयाँ कोरोना संक्रमित थपिएका थिए । 

त्यस्तै, पछिल्लो २४ घण्टामा २२४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६०४ रहेको छ ।      

पछिल्लो २४ घण्टामा १२ हजार ६३२ जनाले कोरोना परिक्षण गरेका थिए भने ४५ हजार ४९३ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस