
काठमाडौं । पछिल्लो केहि दिनयता नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ११६७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्यामध्ये आधा भन्दा धेरै काठमाडौं उपत्यकाका रहेका छन् । यस अवधिका काठमाडौं उपत्यकामा ६१५ जना थपिएका छन् । जसमध्ये काठमाडौंमा ४९१, भक्तपुरमा २५, ललितपुरमा ९९ जना रहेका छन् ।
तथ्यांक हेर्दा काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने सम्भावना रहेको देखिन्छ । कोरोना संक्रमितको संख्या बढ्न थालेकोले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत मन्त्रालयले आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस