aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दिल्लीमा कोरोना पाँच गुणाले बढेपनि लकडाउन नगर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ पुस २०७८
दिल्लीमा कोरोना पाँच गुणाले बढेपनि लकडाउन नगर्ने

एजेन्सी । भारतको राजधानी दिल्लीमा कोरोना संक्रमित बढ्दै गएका छन् । संक्रमणको गति डरलाग्दो बनेपनि त्यहा लकडाउन भने नगर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार पत्रकार सम्मेलन गरेर बताएका छन् । 

गत जनवरी ४ मा राज्यमा करिब ५ हजार संक्रमित भेटिएका थिए । जुन पाँच दिनमा ५ गुणा बढेर शनिबार २० हजार पुगेका छन । केजरीवालले पत्रकार सम्मेलनमा भने, ‘अवस्था नियन्त्रणमा रहेको छ । यदि तपाईले मास्क लगाउनुभयो भने हामी लकडाउन लागू गर्दैनौं । आत्तिनु आवश्यक छैन किनकि मानिसहरूको अस्पतालमा भर्ना दर दोस्रो लहरको तुलनामा धेरै कम छ ।’ 

दिल्लीमा सप्ताहन्त कर्फ्यू पहिले नै लागू गरिएको छ । शुक्रबार राति १० बजेदेखि लगाइएको यो कर्फ्यु सोमबार बिहान ५ बजेसम्म रहनेछ । यस अवधिमा अत्यावश्यक सेवामा आवद्ध भएका र आपतकालीन अवस्थामा रहेका व्यक्तिले मात्रै घरबाट बाहिर निस्कन पाउँछन् । यी व्यक्तिहरूले ई–पास वा सरकारले जारी गरेको वैध परिचयपत्र देखाउनुपर्नेछ ।


 

प्रतिक्रिया दिनुहोस