aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्मार्ट लकडाउन गर्न सरकारलाई सिफारिस, अब खोप कार्ड बोकेर हिड्न पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ पुस २०७८
स्मार्ट लकडाउन गर्न सरकारलाई सिफारिस, अब खोप कार्ड बोकेर हिड्न पर्ने

काठमाडौं । स्मार्ट लकडाउन गर्न कोभिड १९ व्यवस्थापन समितिले सिफारिस गरेको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैंठकले यसभन्दा पहिला नै बनेको स्मार्ट लकडाउनको कार्यविधिलाई कार्यान्वयन गराउनका लागि सिफारिस गरेको कन्द्रकी सहसचिव तथा प्रवक्ता सुनिता नेपालले आर्थिकन्युज डटकमलाई जानकारी दिइन ।

 उनले भनिन्, 'यसभन्दा पहिला नै बनाइएको स्मार्ट लकडाउन कार्यान्वयन कार्यविधिलाई समेत लागू गर्न गृहमन्त्रालय मार्फत जिल्ला प्रमुखहरुलाई सिफारिस गरेका छौं ।' 

त्यस्तै, माघ ३ गतेदेखि लागू हुनेगरि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुने गरी भेला, महोत्सव लगायत आयोजना नगर्न गृह मन्त्रालयमार्फत स्थानीय प्रशासनलाई लेखि पठाउन सिफारिस बैठकले गरेको छ’, उनले भनिन् । 

बैठकले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न पनि आह्वान गरेको छ ।  कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको उनको भनाइ छ । गर्नै परेको खण्डमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्न बैठक गर्न समेत सिफारिस गरेको उनले बताइन । त्यस्तै, सार्वजनि स्थलहरुमा प्रवेश गर्दा खोप लगाएको परिचयपत्र देखाएर मात्र प्रवेश गर्न समेत सिफारिस गरेको उनले जानकारी दिइन । 

प्रतिक्रिया दिनुहोस