aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप १४४६ कोरोना संक्रमित थपिदा २५५ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
थप १४४६ कोरोना संक्रमित थपिदा २५५ जना निको भए

काठमाडौं । पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा १४४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३५७ जना र एन्टिजन परिक्षण गर्दा ८९ जना गरि जम्मा १४४६ जना नयाँ संक्रमित थपिएका हुन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा २५५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६०६ रहेको छ ।                

पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाले कोरोना परिक्षण गरेका थिए भने दुई लाख १० हजार ५९४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस