
एजेन्सी । भारतको राजधानी दिल्लीमा कोरोनाको ओमिक्रोन भेरियन्टका केसहरू तीव्र गतिमा बढ्न थालेका छन् । संक्रमण दर पनि २५ प्रतिशत पुगेको छ । यसैबीच दिल्लीमा पनि धेरै क्षत्रेमा प्रतिबन्ध लगाइएको छ । तर, दिल्लीमा लकडाउन भने गरिएको छैन । संक्रमण दर बढेमा लकडाउन जस्ता प्रतिबन्ध लगाउन सकिने विचारहरु सार्वजनिक भएका छन ।
दिल्लीमा बढ्दो कोरोनालाई लिएर लेफ्टिनेन्ट गभर्नर अनिल बैजलले विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) पछि केही निर्णय लिएका छन् । जसमा रेष्टुरेन्ट र बार बन्द गर्ने निर्णय गरिएको छ । यहाँ मानिसहरु बसेर खान पाउँदैनन् । यद्यपि अनलाइन डेलिभरी जारी रहनेछ । मानिसहरूले रेस्टुरेन्ट र बारहरूबाट अनलाइन खाना अर्डर गर्न सक्छन् । यसअघि ५० प्रतिशत क्षमतामा रेस्टुरेन्ट र बार खोल्न अनुमति दिइएको थियो ।
साप्ताहिक बजारका बारेमा पनि निर्णय भएको छ । अब एक हप्तामा एक जोनमा एकान्तरमा एउटा मात्रै साप्ताहिक बजार खोल्न अनुमति दिइएको छ । बजारमा कोभिड प्रोटोकलको कडाईका साथ पालना गरिनेछ । यसअघि साप्ताहिक बजारमा कुनै प्रतिबन्ध थिएनन् ।
प्रतिक्रिया दिनुहोस