
काठमाडौं । पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्या तिव्रगतिमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा २४४४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९८१ जना र एन्टिजन परिक्षण गर्दा ४६३ जना गरि जम्मा २४४४ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३१३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६०७ रहेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनाले कोरोना परिक्षण गरेका थिए भने एक लाख ८० हजार ४५७ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस