
काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउनको कार्यविधि सार्वजनिक गरेको छ । उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको हो । मंगलबार उपत्यकाका तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ’स्मार्ट लकडाउन’सहित कडाइ गर्ने निर्णय गरेको हो ।
मंगलबार राती १२ बजेदेखि २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड अनिवार्य देखाउन पर्ने निर्णय गरेको छ । माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने निर्णय गरेको छ । त्यस्तै, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस