aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा४च १३७७ नम्बरको गाडीले कैलालीको धनगढीमा ठक्कर दिएको बताइएको छ।

धनगढी विमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले मन्त्रीको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस