aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोना बढेसँगै  इण्डियन आइडल पवनदिपको कार्यक्रम स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ पुस २०७८
कोरोना बढेसँगै  इण्डियन आइडल पवनदिपको कार्यक्रम स्थगित

काठमाडौं । कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ । यही पौष ३० गते इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको हायात रेजेन्सीको कार्यक्रम र माघ १ गते  ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)को कार्यक्रम स्थगित भएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिलो सुचना अनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएका छ्न । कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड हुने सभा सम्मेलन, कार्यक्रम धमाधम स्थगित भइरहेका छन् । आयोजकका अनुसार अर्को सुचना पछी मात्र कार्यक्रमको आगामी तयारी रहने बताएका छन ।  
 

प्रतिक्रिया दिनुहोस